Section 37
सम्पत्ति तथा दायित्वबाट भएको लाभ र नोक्सानी
(१) कुनै सम्पत्ति वा दायित्वको निसर्गबाट हुन गएको कुनै व्यक्तिको लाभ निसर्गको समयमा सो सम्पत्ति वा दायित्व बापतको खर्चहरुको (आउट गोइङ्गस) योगभन्दा सो सम्पत्ति वा दायित्व बापत प्राप्त आम्दानीको योग बढी भए जतिको रकम मानी गणना गर्नु पर्नेछ ।

(२) कुनै सम्पत्ति वा दायित्वको निसर्गबाट हुन गएको कुनै व्यक्तिको नोक्सानी निसर्गको समयमा सो सम्पत्ति वा दायित्व बापत प्राप्त आम्दानीहरुको योगभन्दा सो सम्पत्ति वा दायित्व बापतको खर्चको (आउट गोइङ्गस) योग बढी भए जतिको रकम मानी गणना गर्नु पर्नेछ ।